प्रधानमन्त्री बालेन्द्र शाह विश्वका १०० प्रभावशाली व्यक्तिहरू सूचीमा

Spread the love

उनी विश्वका शीर्ष २५ नेताको श्रेणीमा समावेश भएका छन्, जहाँ Donald Trump, Xi Jinping लगायतका अन्तर्राष्ट्रिय नेताहरू पनि समेटिएका छन्ब लेनलाई ३५ वर्षीय पूर्व हिपहप कलाकारबाट राजनीतिमा उदाएका युवा नेताका रूपमा चित्रण गरेको छ, जसले नेपालमा पुरानो राजनीतिक संरचनाविरुद्ध उभिएको नयाँ पुस्ताको प्रतिनिधित्व गरेका छन्।रिपोर्टमा उल्लेख भएअनुसार सडक आन्दोलनपछि आएको राजनीतिक परिवर्तनले बालेनको उदयलाई बलियो बनाएको थियो। उनी काठमाडौँ महानगरपालिकाको मेयर हुँदै राष्ट्रिय राजनीतिमा पुगेका हुन्।महानगर प्रमुखको रूपमा काम गर्दा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याएको उल्लेख गर्दै टाइमले उनको कार्यशैलीलाई ‘प्रशासनिक अवरोध चिर्ने’ नेतृत्वका रूपमा वर्णन गरेको छ।

बालेनको उदयलाई दक्षिण एशियामा परम्परागत वंशवादी राजनीतिप्रति चुनौतीका रूपमा समेत व्याख्या गरिएको छ।