अटिजम स्कुल सञ्चालन गर्ने तथा शिक्षकहरूको पेसागत क्षमता विकास गर्ने विषयमा नेपाल र बेलायतबीच सहकार्य हाेला त?

Spread the love

नेपालका सातै प्रदेशमा अटिजम स्कुल सञ्चालन गर्ने तथा शिक्षकहरूको पेसागत क्षमता विकास गर्ने विषयमा नेपाल र बेलायतबीच सहकार्य हुने भएको छ।, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायती राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा भएको छलफलपछि यस विषयमा समझदारी बनेको हो।छलफलमा नेपालमा ‘ट्रान्सनेसनल एजुकेसन’ को सम्भावना, शिक्षा क्षेत्रको सुधार तथा खेलकुद विकासका विषयमा पनि विचार–विमर्श भएको थियो।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि बेलायत सरकारको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी अटिजम स्कुल सञ्चालन, स्रोत व्यवस्थापन र शिक्षक तालिममा सहयोग अपेक्षा गरेका छन्।राजदूत रब फेनले नेपालसँग शिक्षा तथा खेलकुद क्षेत्रमा भइरहेको सहकार्यलाई निरन्तरता दिन बेलायत सरकार इच्छुक रहेको बताएका छन्।दुवै पक्षले नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा र सामाजिक विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति जनाएका छन्।