समाचार

सेवाग्राहीको समय बचत लामो लाइन बिचौलिया माथिको निर्भरता घटाउने अपेक्षा

Spread the love

सबिना प्रजा

आधिकारिक डिलरबाट गरिएको सवारी जाँचलाई मान्यता अब नयाँ सवारीको प्राविधिक जाँचका लागि अनिवार्य रूपमा यातायात कार्यालय लैजानुपर्ने बाध्यता हटाइएको छ।सेवाग्राहीको समय बचत गर्नुका साथै यातायात कार्यालयको झन्झट, लामो लाइन र बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा गरिएको छ।सवारीचालकका लागि आयो खुसीको खबर, अब सवारी दर्ता र नामसारी गर्न धनी स्वयं कार्यालय जान नपर्ने ।सवारी साधनको दर्ता, नामसारी, बीमा र नवीकरण प्रक्रिया सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेको छ।

त्यस्तै, सवारी खरिदकर्ता स्वयं उपस्थित हुन नसकेमा आवश्यक कागजातसहित वारेसनामा प्राप्त व्यक्तिले दर्ता तथा नामसारी गराउन सक्नेछन्। सवारी बीमा र नवीकरणका लागि पनि धनी स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ।नयाँ व्यवस्थाले सेवाग्राहीको समय बचत गर्नुका साथै यातायात कार्यालयको झन्झट, लामो लाइन र बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा गरिएको छ।