समाचार

भीष्मपितामहसँग आफ्नो तुलना पार्टीमा नयाँ पुस्तालाई जिम्मेवारी दिने प्रक्रिया अघि बढ्ने

Spread the love

सुरेस कुमार थपलिया

ओलीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटको आलोचना गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई लोकप्रिय बनाइएको बताए। जनताले राजनीतिक प्रचारबाजी चिन्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए।एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतान्त्रिक अधिकार खुम्चिएको र नागरिक बोल्न डराउने अवस्था आएको आरोप लगाएका छन्। आइतबार आयोजित पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलामा उनले फरक धारणा राख्नेहरूमाथि दबाब र दुर्व्यवहार भइरहेको दाबी गरे।

आफूविरुद्ध देशभित्र र बाहिरबाट घेराबन्दी भएको आरोप लगाउँदै ओलीले भीष्मपितामहसँग आफ्नो तुलना गरे। पार्टीमा नयाँ पुस्तालाई जिम्मेवारी दिने प्रक्रिया सिलसिलाबद्ध रूपमा अघि बढ्ने उनको भनाइ थियो।