सर्वदलीय बैठकमा काग्रेसका सभापति गगन थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित

Spread the love

सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका शीर्ष नेता सहभागी भएका छैनन् । बैठकका लागि रास्वपा सभापति लामिछाने, महामन्त्री तथा संसदीय दलका प्रमुख सचेत कविन्द्र बुर्लाकोटी, नेकपाका सहसंयोजक माधव नेपाल पुगेका छन्। नेकपाका नेता वर्षमान पुन अनन्त पनि सहभागी भएका छन् ।

तर बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित छन् ।यसैगरी एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि सहभागी भएका छैनन् । सर्वदलीय बैठकमा एमालेले प्रमुख सचेतक एन महरलाइ पठाएको छ ।कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी छन् । सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।