आनाकानी गरेपछि अख्तियारले घरबाटै उठाउने चेतावनी
ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमाथि गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान सुरु भएको छ। अख्तियारले उनलाई बोलाएर सम्पत्ति विवरणको फारम भराइसकेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी केशव दुलालले बज्राचार्यलाई एक करोड रुपैयाँ बुझाएको दाबी गरेका थिए। बज्राचार्य आउन आनाकानी गरेपछि अख्तियारले घरबाटै उठाउने चेतावनी दिएको थियो । योसँगै ओली प्रधानमन्त्री हुँदा लुट्नुुसम्म देश लुटेका आसेपासेको भोकनिन्द्रा हराउने पक्का छ ।
