समाचार

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा वर्षा शनिबार सम्म असर रहने

Spread the love

सुरेस कुमार थपलिया
काठमाडौं, कात्तिक १३ । कात्तिक १३ गते शुक्रबारदेखि नेपालका विभिन्न क्षेत्रमा सुरु भएको वर्षा बंगालको खाडीमा विकसित चक्रवातीय मौसमी प्रणाली ‘अर्नब’ (Arnab) को प्रभावका कारण भएको हो। यसले देशका विभिन्न क्षेत्रमा वर्षा, हावाहुरी, मेघगर्जन तथा हिमाली क्षेत्रमा हिमपात गराइरहेको छ।
मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै चक्रवातमा परिणत भएको थियो। भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि यो कमजोर भएर गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको हो। यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा भइरहेको छ।
कहिलेसम्म वर्षा हुन्छ?
मौसम पूर्वानुमानअनुसार:
कात्तिक १३ गते शुक्रबार: देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना। केही स्थानमा भारी वर्षा।
कात्तिक १४ गते शनिबार: कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षा हुने सम्भावना।
कात्तिक १५ गते आइतबार: वर्षा क्रमशः घट्ने र मौसममा सुधार आउने।