विगतका कठिन दिनहरू सम्झँदा आज पनि आफू डाँको छोडेर रुने गरेको खुलासा

Spread the love

सबिना प्रजा

हास्यकलाकार कुन्जना घिमिरे ले आफ्नो अमेरिका यात्रा रहर नभई बाध्यता र पीडाको परिणाम भएको बताएकी छन्। सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै उनले विगतका कठिन दिनहरू सम्झँदा आज पनि आफू डाँको छोडेर रुने गरेको खुलासा गरेकी हुन्।

सुन्तलीले लेखेकी छन्, “भागेको होइन, पलपल मर्न नसकेर, सास फेर्न गाह्रो भएर निसास्सिएर बाँच्न नसकेपछि हिँडेकी हुँ।” उनले आफूहरूलाई परेको मानसिक, आर्थिक र सामाजिक दबाबले देश छोड्न बाध्य बनाएको संकेत गरेकी छन्।

चितवनमा गाैतम बुद्द अन्तराष्टरिय रङ्गशाला निर्माण अभियानपछि सिताराम कट्टेल र सुन्तली विभिन्न विवाद, ऋण तथा आलोचनाको केन्द्रमा परेका थिए। त्यही पीडाले आजसम्म पनि आफूलाई सताइरहेको उनको भनाइ छ।सुन्तलीले हाल नेपाल फर्किएका धुर्मुसलाई साथ दिन सबैसँग आग्रह गर्दै लेखेकी छन्, “मेरो धुर्मुस न्याय खोज्न आफ्नो देश फर्किएको छ, हामीलाई खेद्न होइन, साथ दिनुहोस्।”