निकट मानिएका प्रदेशसभा सदस्यहरूलाई मन्त्री बनाउन निर्देशन

Spread the love

एमाले संसदीय दलका नेता राजेन्द्र रावलको इच्छाविपरीत नयाँ मन्त्री पठाउने तयारी भएको बताइएको छ । हाल सरकारमा रहेका एमालेका तीन मन्त्री सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरासिंह सार्की र राज्यमन्त्री निर्मलादेवी सावद रावलनिकट मानिन्छन् ।ओलीले मन्त्री बनाउन भनेका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र दमन भण्डारी भने यसअघि रावललाई दलको नेताबाट हटाउने प्रयासमा सक्रिय थिए ।

तीनै नेताको सक्रियतापछि ओलीले यसअघि गुण्डुमा सुदूरपश्चिम एमाले संसदीय दलको बैठक बोलाएर रावललाई नै दलको नेता कायम गराएका थिए ।नयाँ समीकरणअनुसार एमालेले पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सन्तोष शर्मा थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चक्रबहादुर मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दमन भण्डारीलाई पठाउने तयारी छ ।त्यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्रीमा जानकी ऐर वमलाई पठाउने तयारी भएको बताइएको छ ।

वम भने प्रदेश इन्चार्ज दामोदर भण्डारीका कारण रावल पक्षमै रहेको एमाले नेताहरू बताउँछन् ।उता नेपाली कांग्रेसले पनि मुख्यमन्त्री कमलबहादुर शाहबाहेक तीन मन्त्री र दुई राज्यमन्त्री परिवर्तन गर्ने निर्णय गरिसकेको छ । तर मन्त्री बन्ने नाममा सहमति नजुट्दा मन्त्रिपरिषद् पुनर्गठन हुन सकेको छैन ।कांग्रेसभित्र पनि यसअघि मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउने प्रयास भएको थियो । तर अन्ततः शाहलाई कायम राखेर मन्त्री र राज्यमन्त्री मात्र परिवर्तन गर्ने सहमति भएको बताइएको छ ।