दोगडाकेदार गाउँपालिका कुकुडेपानी सडकखण्डमा जिप दुर्घटना
बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दुर्घटनामा परेको हो।प्रहरीका अनुसार जिप दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो। जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ।
दुर्घटनामा जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र पुर्चौडी नगरपालिका–८ की २४ वर्षीया बागमती साउद घाइते भएका छन्।घाइतेमध्ये चालक बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कच्ची सडक, भौगोलिक जोखिम र सवारी सुरक्षाको विषयले बैतडीमा फेरि चिन्ता थपेको छ।
