उद्योगी विनोद चौधरी एमालेको समानुपातिक देखि देउवा समूहमा अवसरकाे लागि गगन थापामा
टिकाराम भन्डारि
२०६४ सालको संविधानसभा निर्वाचनपछि एमालेको समानुपातिक सूचीबाट सभासद बनेका चौधरी २०७४ मा कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्य बनेका उनी अहिले उपसभापतिमा पुगेका हुन्।उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको समावेशी उपसभापतिमा निर्वाचित भएका छन्। १५औँ महाधिवेशनमा १ हजार ७४५ मत ल्याएर विजयी भएका चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पछि पारे।
२०७९ मा पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य जितेका चौधरी पछिल्लो निर्वाचनमा भने रास्वपाका विक्रम खनालसँग पराजित भएका थिए। सुरुमा शेरबहादुर देउवा समूहमा रहेका उनी पछि गगन थापा पक्षमा लागेका हुन्।
