पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन

Spread the love

सरकारले २०६२/०६३ देखि २०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति जाँचबुझ गर्न विशेष आयोग गठन गरेको छ। बसेको निर्णयअनुसार पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको हो। आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

सरकारले गठन गरेको यो आयोगले सो अवधिभित्र सार्वजनिक पदमा बसेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र विस्तृत छानबिन गर्नेछ। आयोगलाई सम्पत्ति स्रोत, वैधता र सम्भावित अनियमितताको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगले कानुनी प्रक्रिया अनुसार आवश्यक कागजात, विवरण र तथ्यहरू संकलन गरी छानबिन अघि बढाउनेछ। यसलाई पछिल्ला वर्षहरूमा सार्वजनिक पदमा हुने भ्रष्टाचार र सम्पत्ति असन्तुलनबारे उठेका प्रश्नहरूको समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।