१२८ जना नेपालीलाई आममाफी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ
संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ। रमजानको अवसर पारेर विभिन्न कारणले कैद सजाय भोगिरहेका नेपाली कैदीहरूलाई माफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाल सरकारको अनुरोध र अबुधाबीस्थित नेपाली दूतावासको समन्वयपछि यो निर्णय भएको हो। माफी प्राप्त गर्ने १२८ जना नेपाली अब जेलमुक्त हुने भएका छन्।
मन्त्रालयले यूएई सरकारप्रति आभार व्यक्त गर्दै मानवतावादी आधारमा गरिएको यस निर्णयले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाएको जनाएको छ। यस कदमलाई कूटनीतिक सहयोग र सौहार्दताको सकारात्मक उदाहरणका रूपमा मूल्यांकन गरिएको छ।
