आगामी ५ वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने

Spread the love

सबिना प्रजा

सरकारले सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने भएको छ। सरकारले आज राष्ट्रिय प्रतिवद्धता पत्र सार्वजनिक गर्दै आगामी ५ वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने तयारी गरेको जानकारी दिएको हो। नतिजामूलक प्रशासन सुनिश्चित गर्न स्पष्ट कार्य सम्पादन सूचकांक, मूल्यांकन, पदोन्नति र वृत्ति विकासको व्यवस्थासहित निजामती सेवा सम्बन्धी कानून जारी गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ। भत्ता लगायतका असंगत अतिरिक्त सुविधाहरूको सट्टा आधारभूत वेतनलाई उचित, नियमित र समय सापेक्ष परिमार्जन गरी कार्यान्वयन गर्ने सरकारको योजना छ। साथै असक्षम र बुढाहरुलाई भरसक बिदा गर्ने योजना सेवा लिन कार्यालय–कार्यालय धाउनुपर्ने, मध्यस्थ र कर्मचारीसँग प्रत्यक्ष भेट गर्नुपर्ने, अनावश्यक हैरानी अन्त्य गरिने उल्लेख छ। प्रक्रिया लेखाजोखा गरी परम्परागत र झन्झटिलो तहगत टिप्पणी प्रथाका साथै कागजमा आधारित प्रशासनिक प्रक्रिया चरणवद्ध रुपमा अन्त्य गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ। सार्वजनिक सेवा प्रवाहमा टाइम कार्ड लागू गर्ने सरकारको तयारी छ।