पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

Spread the love

सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

अदालतले खड्कालाई तत्काल रिहा गर्न भनेको छ भने विदेश जानुअघि अदालतको अनुमति लिनुपर्ने शर्त पनि राखिएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा पक्राउ परेका खड्काको पक्षमा उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरिएको थियो।

यसअघि बुधबार भएको सुनुवाइमा सर्वोच्चले सम्बन्धित निकायसँग अनुसन्धान फाइल झिकाउन र लिखित जवाफ माग गरेको थियो।

खड्कालाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। यसअघि उनको फाइल विभिन्न निकायबीच पठाउने–फिर्ता गर्ने क्रममा अनुसन्धान अघि बढाइएको थियो।