नियम कानून भनेको जनता बचाउने खालको बनाउनु पर्छ जनता मार्ने खालको होइन- हर्क साम्पाङ

Spread the love

नवप्रवर्तनमन्त्री महावीर पुनले नियम उल्लंघन गर्नेको जरिबाना ५० हजार रुपैयाँ पुर्‍याउनुपर्ने र जरिबाना तिर्न नसक्नेहरूलाई जेल हाल्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। उक्त अभिव्यक्तिको व्यापक आलोचना भएपछि उनले सार्वजनिकश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ट्राफिक जरिबानासम्बन्धी विवादित अभिव्यक्तिका कारण आलोचनामा परेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनप्रति कटाक्ष गरेका छन्। महत्त्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

यसै विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै हर्क साम्पाङले नियम र कानुन जनताको हितका लागि बन्नुपर्ने बताएका छन्।उनले लेखेका छन्, ‘महावीर दाइ, मान्छेको जीवन, जनताको जीवनभन्दा ठूलो हुँदैन के नियम कानून! नियम कानून भनेको जनता बचाउने खालको बनाउनु पर्छ, जनता मार्ने खालको होइन! खोइ कुरा बुझ्या वैज्ञानिक मन्त्रीले भन्या!’मन्त्री पुनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र विभिन्न राजनीतिक वृत्तमा बहस जारी छ।