आजको राशिफल : २०८३ असोज २९ गते बिहीबार, कुन राशिलाई कस्तो छ फल?
ज्वतिष झलक पाैडेल
काठमाडौं, असोज २९। आज २०८३ साल असोज २९ गते बिहीबार। ज्योतिषीय पञ्चाङ्गअनुसार आज आश्विन शुक्ल पक्षको पञ्चमी तिथि रहेको छ। राति १ बजेर ४३ मिनेटपछि षष्ठी तिथि प्रारम्भ हुने पञ्चाङ्गमा उल्लेख छ। आज चन्द्रमा वृश्चिक राशिमा रहनेछन् भने ज्येष्ठा नक्षत्र र सौभाग्य योग रहेको छ। आज बडादशैँको पाँचौँ दिन भएकाले नवदुर्गामध्ये माता स्कन्दमाताको पूजा आराधना गरिन्छ।
१२ राशिको आजको राशिफल
१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामको चाप बढ्न सक्छ। भविष्यमा लाभ हुने कामका लागि मेहनत गर्नुपर्ने देखिन्छ। आर्थिक निर्णय गर्दा सावधानी अपनाउनुहोला। पर्याप्त आराममा ध्यान दिनु राम्रो हुनेछ।
२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापार तथा व्यवसायबाट लाभ हुने सम्भावना छ। आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन्। अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला।
३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा उत्साह बढ्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। रोकिएका काम अघि बढ्न सक्छन्। आफ्नो क्षमता सही ढङ्गले प्रयोग गर्दा उपलब्धि हासिल गर्न सकिनेछ।
४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकको सहयोग प्राप्त हुन सक्छ। अध्ययन तथा कामकाजमा प्रगति हुने सम्भावना छ। नयाँ योजना सुरु गर्नुअघि आवश्यक तयारी र सल्लाह लिनु लाभदायक हुनेछ।
५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णय गर्दा हतार नगर्नुहोला। पारिवारिक विषयमा मतभेद हुन सक्ने भएकाले संवाद र संयम आवश्यक देखिन्छ। महत्त्वपूर्ण काममा धैर्य अपनाउँदा राम्रो परिणाम मिल्न सक्छ।
६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम अघि बढ्ने सम्भावना छ। सहकर्मी तथा सहयोगीबाट साथ मिल्न सक्छ। व्यापार तथा पेसामा मेहनतअनुसार उपलब्धि प्राप्त हुने संकेत छ।
७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोल्दा र निर्णय लिँदा विशेष सावधानी अपनाउनुहोला। नयाँ जिम्मेवारी थपिन सक्छ। सिर्जनात्मक तथा लेखनसम्बन्धी काममा राम्रो अवसर प्राप्त हुन सक्छ।
८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ अवसर प्राप्त हुन सक्छन्। पुराना सम्बन्ध सुधारिने र आफन्तसँग भेटघाट हुने सम्भावना छ। काममा सक्रियता बढाउँदै आलस्यबाट टाढा रहनुहोला।
९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आकस्मिक खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला। आवश्यक काममा परिवार तथा साथीभाइको सहयोग मिल्न सक्छ। यात्रा वा विदेशसम्बन्धी योजनामा आवश्यक तयारी गर्नु राम्रो हुनेछ।
१०. मकर (भो, जा, जि, जु, जे, जो, खि, खु, खे, खो, गा, गि)
मेहनतको सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। आम्दानीका नयाँ अवसर देखिन सक्छन्। आर्थिक कारोबार र लगानीसम्बन्धी निर्णय भने सोचविचार गरेर लिनुहोला।
११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको योजना अघि बढाउन अनुकूल अवसर मिल्न सक्छ। प्रतिष्ठित व्यक्तिसँगको सहकार्य लाभदायक हुन सक्छ। रोकिएका काममा पुनः प्रयास गर्दा सफलता मिल्ने सम्भावना छ।
१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक तथा सेवामूलक काममा रुचि बढ्न सक्छ। अनुभवी व्यक्तिको सहयोगले लक्ष्य प्राप्त गर्न सहज हुनेछ। नयाँ अवसरलाई उपयोग गर्न योजना र समय व्यवस्थापनमा ध्यान दिनु हाेस् ।
