आक्रमणमा १७ जना घाइते एक जनाको मृत्यु युद्ध अझ तीव्र चरणमा पुग्ने
युक्रेनी सेनाले मस्को वरपरका लक्ष्यहरूमा करिब २०० ड्रोन प्रहार गरेको बताइएको छ। मस्को क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभ का अनुसार उक्त आक्रमणमा १७ जना घाइते भएका छन्।रुसको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा झन्डै १,००० ड्रोन तथा क्रुज मिसाइल खसालिएको दाबी गरेको छ। साथै दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको पनि उल्लेख गरिएको छ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले युद्ध अन्त्यका लागि कूटनीतिक पहल आवश्यक भएको बताउँदै रुसलाई संवादमा आउन आग्रह गरेका छन्। उनले युक्रेनमाथि आक्रमण जारी रहे रुसले पनि त्यसको असर भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।सन् २०२२ फेब्रुअरी २४ देखि सुरु भएको यो युद्ध अहिले अझ तीव्र चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
