गैरकानुनी रूपमा पद शक्तिको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेमा छानबिन हुने

Spread the love

सबिना प्रजा

भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने उद्देश्यले राजनीतिक तथा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरिएको बताएका छन्।प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री वालेन साह का तर्फबाट जवाफ दिँदै अर्थमन्त्री वाग्लेले जनताको भ्रष्टाचारविरोधी माग र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार आयोग गठन गरिएको बताए।उनका अनुसार सम्पत्ति छानबिन आयोग स्थायी प्रकृतिको अनुसन्धान गर्ने निकाय नभई तोकिएका पदाधिकारीहरूको सम्पत्ति जाँच गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको देखिएमा कानुनअनुसार कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने उद्देश्यले गठन गरिएको हो।

अर्थमन्त्री स्वर्णेम वाग्ले आयोग गठनले संवैधानिक निकायका रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने स्पष्ट पारे।उनले सार्वजनिक पदमा रहेका जुनसुकै ओहदाका व्यक्तिले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेमा छानबिन हुने सन्देश दिन आयोग गठन गरिएको बताए।सरकारले पद र शक्तिको दुरुपयोग गरी अवैध सम्पत्ति जोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो आयोग सहयोगी हुने विश्वास लिएको अर्थमन्त्री वाग्लेको भनाइ छ।