समाचार

२०८३ मंसिर ४ गते शुक्रबार१२ राशिको भविष्यफल कसको दिन कस्तो रहला ?

Spread the love

ज्याेतिष झलक पाैडेल
आज शुक्रबार, मंसिर ४ गते। ग्रह तथा नक्षत्रको सामान्य ज्योतिषीय मान्यताअनुसार आज केही राशिका लागि नयाँ अवसर प्राप्त हुने देखिन्छ भने केही राशिले काम गर्दा धैर्य र संयमता अपनाउनुपर्नेछ। हेर्नुहोस्, आजको १२ वटै राशिको राशिफल।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): खर्च बढ्ने सम्भावना छ। भविष्यका लागि लगानी गर्ने सोच बन्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। काममा धैर्य राख्नुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पहिले गरेको मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। पेसा तथा व्यवसायमा नयाँ अवसर मिल्नेछ। आर्थिक अवस्था सुधारिनेछ। जिम्मेवारी थपिन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सामाजिक काममा सक्रियता बढ्नेछ। मिहिनेतअनुसार सफलता मिल्नेछ। नयाँ व्यक्तिसँगको भेटघाट फलदायी बन्न सक्छ। अध्ययनमा प्रगति हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यवसायमा लाभ मिल्ने संकेत छ। रोकिएका काम अघि बढ्नेछन्। नयाँ अवसर प्राप्त हुन सक्छ। आत्मविश्वासका साथ काम गर्दा सफलता मिल्नेछ।