सामाजिक सञ्जालमा गालीगलौज र साइबर बेथितिलाई नियन्त्रण गर्न सरकारले कडा कदम चाल्ने -गृहमन्त्रि सुधन गुरूङ्ग

Spread the love

सबिना प्रजा

सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र अनलाइन बेथितिको विषयमा सरकार गम्भीर बनेको छ।सोही प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरूङ्नलाइनमा फैलिँदै गएको ‘मुख छाड्ने’ प्रवृत्ति, गालीगलौज र साइबर बेथितिलाई नियन्त्रण गर्न सरकार कडा कदम चाल्ने बताएका छन्।मन्त्री गुरुङले गृह मन्त्रालय, अर्थ मन्त्रालय र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको समन्वयमा विशेष रणनीति बनाइँदै गरिएको जानकारी दिँदै यसका लागि शक्तिशाली टास्क फोर्स गठन गर्ने तयारी भइरहेको स्पष्ट पारे।

उनका अनुसार सामाजिक सञ्जालमा हुने अपमानजनक टिप्पणी, अनलाइन ठगी (स्क्याम) र डिजिटल दुरुपयोगलाई अब कडाइका साथ नियन्त्रण गरिनेछ। उनले भने, “कसैले कुन पार्टीलाई समर्थन गर्छ भन्ने आधारमा होइन, सबैलाई समान रूपमा कानुनी दायरामा ल्याइनेछ।”सांसदहरू नै लक्षित हुने गरी सामाजिक सञ्जालमा बढ्दै गएको आक्रमण र मानमर्दनको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै उनले डिजिटल सुशासन कायम गर्न बहु–मन्त्रालयीय एकीकृत योजना अघि बढाइने बताए।यससँगै अनलाइनमा ‘मुख छाड्ने’ प्रवृत्तिमाथि अब सरकारको कडा निगरानी र सम्भावित कारबाहीको तयारीले राजनीतिक तथा डिजिटल क्षेत्रमा नयाँ बहस सुरु भएको छ।