नीतिगत व्यवस्था नहुँदा कर्जा विस्तार हुन सकेन
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरूको नाफा संकुचित भइरहेकोले लगानीकर्ता बाहिरन खोजिरहेका बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको छैठौं वार्षिक साधारण सभामा काठमाडौंमा आयोजित कार्यक्रममा पौड्यालले यस्तो बताएका हुन्।
उनले भने, ‘बैंकको कर्जा विस्तार हुन सकेन, नाफा संकुचित भइरहेको छ, लगानीकर्ता बाहिरन खोजिरहेका छन्।’
उनले नीतिगत व्यवस्था नहुँदा बैंकहरूमा थुप्रिएको गैर–बैकिंङ सम्पत्ति बिक्री हुन नसकेको र बैंकले पनि यस्तो सम्पत्ति बोकेर बसिरहन सक्ने अवस्था नभएको बताएका छन्।
