समाचार

पराल बोकेको ट्याक्टरमा आगजनी संलग्न व्यक्ति हरूको खोजीकार्य भैरहेकाे प्रहरीकाे भनाई

Spread the love

कालिका–५ का वडाध्यक्ष दीपकबहादुर भट्टराईका अनुसार आइतबार राति आशिष महतोको खेतमा रहेको ना.५ त ८१८२ नम्बरको ट्याक्टरमा आगजनी भएको हो। अणबहादुर पाण्डेको उक्त ट्याक्टरमा महतोको १५ कठ्ठा जमिनको पराल लोड गरिएको थियो।

चितवनको कालिका नगरपालिका–५ मा पराल बोकेको ट्याक्टरमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट ट्याक्टरको ढालामा क्षति पुग्नुका साथै ट्याक्टरमा लोड गरिएको सम्पूर्ण पराल जलेर नष्ट भएको छ।

आगलागी भएपछि स्थानीयवासी र पदमपुर प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर, पराल सुक्खा भएकाले आगो तीव्र गतिमा फैलिँदा पराल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

आगजनी कसले र किन गरेको भन्ने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको पदमपुर प्रहरीले जनाएको छ।