कम तलबमा विदेशी दक्ष कामदार नियुक्त गर्ने केही रोजगारदाताको भर्ती प्रक्रियामा प्रभाव पर्ने
अमेरिकी कामदारको संरक्षणका लागि तोकिएका अतिरिक्त सर्तबाट छुट खोज्ने H-1B मा निर्भर रोजगारदातालाई लक्षित गर्नु हो। सन् १९९८ देखि परिवर्तन नभएको तलब सीमालाई सामाजिक सुरक्षा प्रशासनको राष्ट्रिय औसत तलब सूचकांकको दोब्बरसँग जोड्ने प्रस्ताव गरिएको छ।अमेरिकामा H-1B भिसाको तलब सीमा १ लाख ४० हजार डलर पुर्याउने प्रस्ताव, विदेशी कामदार प्रभावित हुन सक्ने अमेरिकाका रिपब्लिकन सांसदहरूले H-1B भिसाअन्तर्गत केही रोजगारदाताले पालना गर्नुपर्ने तलब सीमा वार्षिक ६० हजार डलरबाट बढाएर करिब १ लाख ४० हजार डलर पुर्याउने प्रस्ताव अघि सारेका छन्।
तर, यो प्रस्ताव सबै H-1B भिसाधारकले अनिवार्य रूपमा वार्षिक १ लाख ४० हजार डलर कमाउनुपर्ने व्यवस्था भने होइन। योग्य उच्च शैक्षिक डिग्री भएका व्यक्तिका लागि रहेको छुटसमेत कायम रहने प्रस्तावमा उल्लेख छ।
कानुन बनेर लागू भएमा विशेषगरी कम तलबमा विदेशी दक्ष कामदार नियुक्त गर्ने केही रोजगारदाताको भर्ती प्रक्रियामा प्रभाव पर्न सक्नेछ।
