बुबालाई गैरकानुनी थुनामा राखिएको मा बन्दी प्रत्यक्षीकरणको रिट दायर
कैद सकिएको चार महिनासम्म जेलमै राखिएका डिकबहादुरलाई रिहा गर्न सर्वोच्चको आदेश!
कैद अवधि पूरा भइसक्दा पनि चार महिनाभन्दा बढी समय जेलमा राखिएका डिकबहादुर दमाईलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले अन्य कुनै कानुनी कारणले थुनामा राख्नुपर्ने अवस्था नभए दमाईलाई तत्काल रिहा गर्न सम्बन्धित कारागार कार्यालयका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो।
कर्जा लेनदेन तथा चेक अनादरसम्बन्धी मुद्दामा थुनामा रहेका दमाईको कैद अवधि २०८३ जेठ ५ गते नै सकिएको अदालतले ठहर गरेको छ। त्यसपछि पनि थुनामा राखिरहनुपर्ने ठोस आधार विपक्षीहरूले पेस गर्न नसकेको सर्वोच्चको आदेशमा उल्लेख छ।
बुबालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै छोरा दिवस रत्नले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
