समाचार

मौलाकालिका परिसरमा रक्तदान कार्यक्रम सम्पन्न, ६५ जनाले गरे रक्तदान

Spread the love

पुर्णचन्द्र पागागाई
गैंडाकोट, असोज ३१। नवलपरासीको गैंडाकोटस्थित मौलाकालिका मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्।नेपाल ब्लड डोनर्स संस्था नवलपरासी, धार्मिक सेवा समिति, लायन्स क्लब गैंडाकोट, केवलकार र वे ग्रुप (Way Group) को संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। सन्तोष वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधि, रक्तदाता तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा मौलाकालिका मन्दिरका अध्यक्ष खगेन्द्रदास कँडेल, लायन्स क्लब गैंडाकोटका गोविन्द सुवेदी, सालिकराम सापकोटा र शान्ति सापकोटा, वे ग्रुपका ऋषिराम भण्डारी, चितवन रेडक्रसका हरिप्रसाद भण्डारी, केवलकारका सुरज पौडेल तथा नेपाल ब्लड डोनर्स संस्था चितवनका राजेन्द्र पौडेल र खुमनाथ पौडेललगायतको उपस्थिति थियो।


रक्तदान जीवनरक्षासँग प्रत्यक्ष जोडिएको मानवीय सेवा भएकाले यसको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्। रगतको अभावमा उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुर्‍याउने तथा रक्तदानप्रति सर्वसाधारणलाई प्रोत्साहित गर्ने अभियानको लक्ष्य रहेको छ।
धार्मिक आस्था र सामाजिक सेवाको केन्द्र मौलाकालिका मन्दिर परिसरमा आयोजित कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवीय सहयोग र सामूहिक सहकार्यको महत्त्वलाई उजागर गरेको छ। आयोजकले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।