रक्तदान कार्यक्रम सम्पन्न

Spread the love


नेपाल रेडक्रस साेसाईटी महेन्द्रचाेक उपशाखा र ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयाेजनामा भरतपुर-१५ , महेन्द्रचाेकमा नेपाल रेडक्रस साेसाईटी महेन्द्रचाेक उपशाखाका सभापति जीवन केसीकाे अध्यक्षता र बाग्मति प्रदेश सभा सदस्य माननीय गीता गुरुङ्गकाे प्रमुख आतिथ्यतामा रत्तदान कार्यक्रम सम्पन्न भयाे । रक्तदाताहरुलाई धन्यबाद दिदै जीवन के शि ले मानबिय सेवामा लाग्न अनुराेध गर्नुभयाे ।साथै रक्तदान उपसमितिका संयाेजक शंकर सिलवाल सदस्यहरु हरि बहादुर बि क , माधव पाेख्रेल , बच्चु पाैडेल , निल प्रसाद अधिकारी , आर्थिक सहयाेग गर्नुहुने महानुभावहरु , कार्यसमितिका सदस्यहरू समाजका प्रतिभासालि एवं नेपाली काग्रेसका वडा सभापति ज्वति कडेल लगायत महानुभाव हरूकाे सहभागी थियाे । उपशाखा उपसभापति भगवती अधिकारीले स्वागत मन्तब्य साथै बिदुर के शि ले सम्पुर्ण रत्तदातालाई धन्यबाद दिनु भयाे कार्यक्रममा ३४ जनाले रक्तदान गर्नुभएकाे उपसचिव प्रकाश रेग्मिले जानाकारि दिनु भयाे ।