सीमावर्ती क्षेत्रबाट आउने हात्ती नियन्त्रण चुनौतीपुर्ण स्पेसल टास्क फोर्स आवास्यक
सबिना प्रजा
नागरिकको ज्यानसम्पत्तिमा भइरहेको क्षतिलाई नियन्त्रण गर्न सरकारले ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।प्रधानमन्त्री कार्यालयको निर्देशनमा फोर्स गठन प्रक्रिया अघि बढाइएको झापा–१ की सांसद निशा डाँगीले जानकारी दिएकी छन्। अब प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुरक्षाकर्मी परिचालन गरिनेछ।
गत हप्ता मेचीनगर–४ मा हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएपछि स्थानीय आक्रोश चुलिएको थियो। त्यसपछि संसददेखि स्थानीय तहसम्म सरकारलाई तत्काल समाधान खोज्न दबाब बढ्दै आएको थियो।नयाँ योजनाअनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षाकर्मीलाई समेटेर विशेष टोली गठन गरिनेछ। प्रारम्भमा अनुभवी सुरक्षाकर्मी खटाइने र आवश्यकताअनुसार संख्या विस्तार गरिने बताइएको छ।भारतीय सीमावर्ती क्षेत्रबाट आउने हात्ती नियन्त्रण चुनौतीपूर्ण बनेको अवस्थामा सरकारले उठाएको यो कदमलाई स्थानीयले स्वागत गरेका छन्।वर्षौँदेखि हात्ती आतंकको मार खेप्दै आएका झापावासीका लागि अब ‘स्पेसल टास्क फोर्स’ आशाको नयाँ योजना बनेको छ।
