हिजो सडकमा आक्रमण आज डिजिटल माध्यमबाट चरित्र हत्या अनुहार फेरिए पनि प्रवृत्ति उस्तै- ज्ञानेन्द्र शाहि

Spread the love

प्रतिनिधिसभामा सरकारमाथि गम्भीर आरोप लगाउँदै ‘ईभी काण्ड’को निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेका छन्।विशेष समय लिएर बोल्दै ज्ञानेन्द्र शाहीले विद्युतीय सवारी साधन (ईभी) को भन्सार दर हेरफेर, बजेट सूचना चुहावट र कर छली प्रकरणमा सरकारको नियतमाथि नै प्रश्न उठाए। उनले अर्बौँ रुपैयाँ राजस्व हिनामिना भएको आशंका व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले भन्सारबाट आएका गाडीहरू दुई सातासम्म किन नियन्त्रणमा राख्यो भनेर सार्वजनिक जवाफ माग गरे।शाहीले भने, “यदि केही गलत भएको थिएन भने गाडीहरू किन रोकिए? सत्य के हो भन्ने कुरा संसदीय छानबिन समितिले मात्र बाहिर ल्याउन सक्छ।”

उनले प्रधानमन्त्रीको संसदमा भएको सीमासम्बन्धी अभिव्यक्तिको पनि कडा आलोचना गर्दै राष्ट्रको कार्यकारी प्रमुखबाट आएको यस्तो अभिव्यक्ति लज्जास्पद भएको टिप्पणी गरे।त्यसैगरी सरकारमाथि गरिब जनतामाथि करको बोझ थपेको आरोप लगाउँदै उनले स्वास्थ्य बिमा कटौती, बिजुलीमा भ्याट र उपचाररत बिरामीमाथि कर लगाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गरे।

गरिब किसानलाई राहत दिन नसक्ने सरकार अर्बौँ कर छली गर्नेहरूसँग निकट देखिन्छ ।

भन्दै उनले सरकारको प्राथमिकतामाथि प्रश्न उठाए।भ्रष्टाचारको विषयमा बोल्दै शाहीले केवल उच्च शैक्षिक योग्यता भएर मात्र देश इमानदार नेतृत्वले चल्छ भन्ने मान्यता गलत साबित भएको दाबी गरे। विगतका विभिन्न सरकारको उदाहरण दिँदै उनले समस्या ज्ञानको नभई नैतिकताको भएको बताए।साथै, सत्ता परिवर्तन भए पनि शासनशैली नफेरिएको टिप्पणी गर्दै शाहीले “हिजो सडकमा आक्रमण हुन्थ्यो, आज डिजिटल माध्यमबाट चरित्र हत्या हुन्छ; अनुहार फेरिए पनि प्रवृत्ति उस्तै छ” भन्ने आरोप लगाए।ईभी काण्डदेखि कर छली, बजेट चुहावट र सरकारको नियतमाथि उठेका प्रश्नले संसदमा नयाँ राजनीतिक बहस सुरु भएको छ। राप्रपाले अब भ्रष्टाचारविरुद्धको अभियान अझ सशक्त बनाउने संकेत दिएको छ।