समाचार

५५ हजार जनाले अवसर पाउने आवेदकहरूले अमेरिकि आधिकारिक सूचनालाई मात्र आधार मान्नुपर्ने

Spread the love

अमेरिकाको एक संघीय अदालतले ट्रम्प प्रशासनलाई सन् २०२७ को डाइभर्सिटी भिसा (ग्रिनकार्ड) लटरीको दर्ता नोभेम्बर १ भित्र खुलाउन र छनोट भएका आवेदकलाई डिसेम्बर ३ सम्म सूचित गर्न आदेश दिएको छ।डाइभर्सिटी भिसा कार्यक्रमको दर्ता ढिलाइ हुँदा आवेदकहरू अवसरबाट वञ्चित हुन सक्ने भन्दै दायर मुद्दापछि अदालतले प्रारम्भिक निषेधाज्ञा जारी गर्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।ग्रिनकार्ड लटरीमा ट्रम्प प्रशासनलाई अदालतको कडा आदेश, नोभेम्बर १ भित्र दर्ता खोल्न निर्देशन दिएकाे छ ।

यस कार्यक्रमअन्तर्गत हरेक वर्ष अधिकतम ५५ हजार जनाले अमेरिकी स्थायी बसोबासको अवसर पाउन सक्छन्। तर, सन् २०२७ को ग्रिनकार्ड लटरीको दर्ता खुलिसकेको आधिकारिक पुष्टि भने भएको छैन। त्यसैले आवेदकहरूले अमेरिकी विदेश मन्त्रालयको आधिकारिक सूचनालाई मात्र आधार मान्नुपर्नेछ।