रोकेर बस्ने मोबाइल प्रयोग गर्दै सार्वजनिक सडक नै ओगट्ने प्रवृत्ति बढे
गृह मन्त्रालयले छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ। सोही क्रममा नगर प्रहरीसँग पनि सोधपुछ भइरहेको छ। एक नगर प्रहरी कर्मचारीका अनुसार घटनापछि सुरक्षाको जोखिम बढ्न सक्ने आकलनका कारण केही समयका लागि नियमित सडक ड्युटी सीमित गरिएको हो।गणेश नेपालीको मृत्यु भएको घटनापछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित सडक अनुगमनबाट पछि हटेपछि राजधानीमा फेरि अव्यवस्थित पार्किङ बढ्न थालेको छ। केही दिनअघिसम्म ह्विल लक अभियान र नियमित गस्तीमार्फत सडक व्यवस्थापनमा सक्रिय देखिएका नगर प्रहरी अहिले भने सडकमा विरलै देखिन थालेका छन्।

नगर प्रहरीको उपस्थिति घटेसँगै काठमाडौंका मुख्य सडक र चोकहरूमा फेरि जथाभावी पार्किङ हुन थालेको छ। विशेषगरी राइड सेयरिङ सेवामा आबद्ध चालकहरूले सडक किनारमै मोटरसाइकल पार्क गरेर यात्रु पर्खिने, लामो समयसम्म सवारी रोकेर बस्ने तथा मोबाइल प्रयोग गर्दै सार्वजनिक सडक नै ओगट्ने प्रवृत्ति बढेको देखिएको छ।

यसको प्रत्यक्ष असर ट्राफिक व्यवस्थापनमा परेको छ। व्यस्त सडकहरूमा अनावश्यक जाम बढ्नुका साथै सर्वसाधारणको आवागमनसमेत प्रभावित हुन थालेको स्थानीयको गुनासो छ। कतिपय स्थानमा फुटपाथ र सडक किनार पुनः अतिक्रमण हुन थालेको पनि देखिएको छ।महानगरपालिकाले यसअघि अव्यवस्थित पार्किङ नियन्त्रणका लागि ह्विल लक अभियानलाई तीव्र बनाएको थियो। तर गणेश नेपालीको घटनापछि उक्त अभियान प्रभावहीन बन्दै गएको देखिएको छ। छानबिन प्रक्रिया टुंगिएपछि नगर प्रहरी पुनः नियमित रूपमा सडकमा खटिने अपेक्षा गरिएको छ।
