सुन्दरी प्रतियोगिता स्थगन स्थानीय संस्कृति र परम्पराअनुकूल बनाउन मापदण्ड तयार
सरकारले सुन्दरी प्रतियोगिता स्थगन गरी तिनलाई स्थानीय संस्कृति र परम्पराअनुकूल बनाउन मापदण्ड तयार गरिरहेको जनाएको छ। यो कदमलाई केहीले महिला सशक्तीकरणको प्रयास भनेका छन् भने केही अधिकारकर्मीले व्यक्तिगत रोजाइको प्रश्न उठाएका छन्।
उत्कृष्ट सहभागीले नगद पुरस्कार र उच्च अध्ययनको छात्रवृत्ति पाएका छन्। राष्ट्रपति इब्राहिम ट्राओरेले विजेतासँग भेटेर वैज्ञानिक क्षेत्रमा उच्च लक्ष्यसहित अघि बढ्न प्रोत्साहन दिएका थिए।काठमाडौं । बुर्किना फासोले युवतीहरूलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न राष्ट्रिय विज्ञान प्रतियोगिता आयोजना गरेको छ। गत अगस्टमा भएको ‘हाकिली मुसो’मा देशभरका ८४ युवतीले गणित, भौतिकशास्त्र र रसायनशास्त्रमा प्रतिस्पर्धा गरेका छन् ।
