दुई तिहाइ बहुमतको आडमा विपक्षीको आवाज बेवास्ता गर्दै निर्णयहरू थोपर्ने शैली – वासना थापा

Spread the love

सबिना प्रजा

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकारले दुई तिहाइ बहुमतको आडमा विपक्षीको आवाज बेवास्ता गर्दै निर्णयहरू थोपर्ने शैली अपनाएको आरोप लगाइन्।उनले विगतमा महत्वपूर्ण विषयमा सरकार र विपक्षीबीच छलफल हुने परम्परा रहेको स्मरण गराउँदै अहिले संवाद र जवाफदेहिताको अभ्यास कमजोर भएको बताइन्।

“निर्णय गर्ने अधिकार सरकारसँग हुन्छ, तर छलफल र जवाफदेहिता नै नहुने अवस्था ठीक होइन,” भन्दै थापाले सरकारको कार्यशैलीका कारण नागरिकमा निराशा बढ्दै गएको टिप्पणी गरिन्।कांग्रेसले संसद् सञ्चालनदेखि नीतिगत निर्णयसम्म सरकारले सहमति र संवादको बाटो छाड्दै गएको आरोप लगाएको छ।