हिमालको काखमा क्रिकेट खेलिरहेको अद्भुत दृश्यले हजारौँ दर्शकको मन जित्दै नयाँ बहसको सुरुआत

Spread the love

सबिना प्रजा

अपि हिमालको मनमोहक फेदीमा युवाहरू क्रिकेट खेलिरहेको दृश्य प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा साझा गरेपछि देशभर यसको चर्चा चुलिएको छ। हिमालको काखमा क्रिकेट खेलिरहेको अद्भुत दृश्यले हजारौँ दर्शकको मन जित्दै नयाँ बहसको सुरुआत गराएको छ।

भिडियो भाइरल बनेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपि हिमाल क्षेत्रमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्नुपर्ने सुझाव दिन थालेका छन्। धेरैले यसलाई नेपालको सबैभन्दा आकर्षक र विश्वकै चर्चित क्रिकेट गन्तव्य बनाउन सकिने तर्क गरेका छन्।यसबीच, सरकारले सुदूरपश्चिमलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। नेपाल पर्यटन बोर्डले पनि अपि–साइपाल क्षेत्रको पदयात्रा मार्ग विकास तथा दिगो पर्यटन प्रवर्द्धनका लागि विशेष परियोजना सञ्चालन गरिरहेको छ।प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र खेल पर्यटनको सम्भावनालाई जोडेर अपि हिमाल क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने बहस अहिले तीव्र बन्दै गएको छ। बालेनको एक पोस्टले सुदूरपश्चिमको पर्यटन र पूर्वाधार विकासबारे नयाँ बहस छेडेको छ।