जेनजी आन्दोलनका शहीद घाइतेहरूको रगत संघर्षबाट प्राप्त जनादेशकै आधारमा वर्तमान सरकार बनेको दाबी

Spread the love

सबिना प्रजा

जेनजी आन्दोलनका शहीद र घाइतेहरूको रगत र संघर्षबाट प्राप्त जनादेशकै आधारमा वर्तमान सरकार बनेको दाबी गरिन्। तर अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरेर झुटा मुद्दामा फसाउने काम भइरहेको उनको आरोप छ।सांसद खतिवडाले विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख (एसपी) आएपछि यस्ता गतिविधि बढेको गुनासो आएको बताइन्। निर्दोष युवाहरूलाई विभिन्न बहानामा कानुनी झमेलामा पार्ने प्रयास भइरहेको उनको भनाइ थियो।

उनले सरकारले यसअघि जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू खारेज गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसको कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरिन्।संसदमा बोल्दै खतिवडाले भनिन्, “जेनजी आन्दोलनका शहीद र घाइतेहरूको रगत र संघर्षबाट बनेको सरकारले अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूको घर–घरमा पुगेर पक्राउ पुर्जी जारी गरिरहेको छ। निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने काम भइरहेको छ।”उनले युवाहरूको त्याग, संघर्ष र समर्थनबिना सरकार अघि बढ्न नसक्ने उल्लेख गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित सबै झुटा मुद्दा यथाशीघ्र खारेज गर्न सरकारसँग माग गरिन्।