अर्जेन्टिना सेमिफाइनलमा कप्तान लियोनेल मेस्सीको उत्सव चर्चामा
३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि कप्तान लियोनेल मेस्सीको उत्सव चर्चाको विषय बनेको छ।खेल सकिएलगत्तै मेस्सीले आफ्नो जर्सी फुकालेर टाउकोमाथि उठाउँदै स्टेडियमभर उपस्थित अर्जेन्टिनी समर्थकतर्फ अभिवादन गरेका थिए। उनले समर्थकहरूसँग ऐतिहासिक जितको खुसी साट्दै भावुक शैलीमा सेमिफाइनल प्रवेशको उत्सव मनाएका हुन्।
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि कप्तान लियोनेल मेस्सीको उत्सव चर्चाको विषय क्यान्सस सिटी स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरे। कप्तान मेस्सीले पहिलो गोलका लागि उत्कृष्ट असिस्ट गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
स्विट्जरल्यान्डले निर्धारित समयमा कडा चुनौती दिए पनि अतिरिक्त समयमा अर्जेन्टिनाले आफ्नो अनुभव र आक्रमणात्मक खेल प्रस्तुत गर्दै जित सुनिश्चित गरेको थियो।यस जितसँगै साविक विश्वविजेता अर्जेन्टिनाले लगातार अर्को विश्वकप सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग बहुप्रतीक्षित सेमिफाइनल भिडन्त खेल्नेछ, जहाँ फेरि एकपटक विश्व फुटबलको नजर कप्तान लियोनेल मेस्सीमाथि केन्द्रित रहनेछ।
