गरिवकाे चमेलि बाेल्दिने काेहि छैन

Spread the love

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश विगत दुई वर्षदेखि काठमाडौंमा श्रीमती र झन्डै तीन वर्षीया छोरीसँग बस्दै आएका थिए। आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। घटनापछि गम्भीर घाइते भएका घाइते गणेश नेपालीलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। राहदानी विभागअगाडि मोटरसाइकलमा महानगर प्रहरीले ‘व्हीललक’ लगाएपछि २५ वर्षीय एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। घटनापछि गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ र अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ।घटनापछि अस्पताल पुगेका दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झँदै भावुक बने। उनका अनुसार गणेशले छोटो समय बोल्न सक्ने अवस्थामा रहँदा भनेका थिए, “बाबा–मम्मीलाई केयर गर्नु… यो सबै महानगरले गर्दा हो।” त्यसपछि उनको बोली बन्द भएको दाइले बताए।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश विगत दुई वर्षदेखि काठमाडौंमा श्रीमती र झन्डै तीन वर्षीया छोरीसँग बस्दै आएका थिए। उनी राइड सेयरिङ एपमार्फत मोटरसाइकल चलाएर जीविकोपार्जन गर्दै आएका थिए भने वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीसमेत गरिरहेका थिए।काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार गणेशले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए। त्यसपछि महानगर प्रहरीले मोटरसाइकलमा ‘व्हीललक’ लगाएपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन्। प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ।

वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियूष दाहालका अनुसार सुरुमा गणेश केहीबेर बोल्न सक्ने अवस्थामा थिए। तर शरीरको ठूलो भाग जलेका कारण उनको अवस्था अहिले निकै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।गणेशको परिवार आर्थिक रूपमा विपन्न रहेको बताइएको छ। गाउँमा पर्याप्त रोजगारी र आयआर्जनको स्रोत नभएकै कारण उनी काठमाडौं आएर संघर्ष गरिरहेका थिए। स्थानीय जनप्रतिनिधिहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोगको माग गरेका छन्।