धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो-पुकार बम

Spread the love

’सांसद बमले सन् २००४ देखि २२ वर्षको सामाजिक तथा राजनीतिक यात्रामा हार्न, सकिन र गुमाउन बाँकी केही नरहेको उल्लेख गर्दै आफू देश र नागरिकका लागि मर्नसमेत तयार रहेको बताएका छन्। साथै आफूलाई ‘पुराना शासकबाट लगभग मारिसकिएको एक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जाल फेसबुकमार्फत संकेतपूर्ण स्टाटस लेख्दै आफ्नो धैर्यताको परीक्षा नलिन चेतावनी दिएका छन्।उनले फेसबुकमा लेखेका छन्, ‘हेर्दै जाऔँ, यो शान्त ज्वालामुखीले क–कसलाई खरानी बनाउँछ। अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो को रूपमा पनि प्रस्तुत गरेका छन्।

स्टाटसको अन्त्यमा उनले ‘इतिहास बुझ्न थोरै समय लाग्छ, समय त्यतैतर्फ खर्च गर्दा राम्रो’ भन्दै ‘जय देश’ र ‘जय पशुपतिनाथ’ उल्लेख गरेका छन्।यद्यपि, उक्त अभिव्यक्ति कसलाई लक्षित गरेर लेखिएको हो भन्ने विषयमा उनले कुनै स्पष्ट खुलासा गरेका छैनन्। यसबारे सांसद बमको थप सार्वजनिक प्रतिक्रिया पनि आएको छैन।