गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने

Spread the love

चिकित्सकको परामर्श र बिरामीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै गृहमन्त्री गुरुङले गणेश नेपालीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री सचिवालयका अनुसार हाल वीर अस्पतालमा उपचाररत गणेश नेपालीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री सचिवालयका सदस्यहरू वीर अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सकसँग छलफल गर्दै उपचार प्रक्रियाबारे जानकारी लिएका थिए।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने सम्पूर्ण प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलन भएका राइडर गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। साथै, उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) लैजाने तयारी गरिएको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार हाल वीर अस्पतालमा उपचाररत गणेश नेपालीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री सचिवालयका सदस्यहरू वीर अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सकसँग छलफल गर्दै उपचार प्रक्रियाबारे जानकारी लिएका थिए।चिकित्सकको परामर्श र बिरामीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै गृहमन्त्री गुरुङले गणेश नेपालीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने सम्पूर्ण प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।