कारोबार गर्दा अनलाइन मार्फत बिल लिन र दिन अनलाइनबाट कारोबार गर्न आग्रह

Spread the love

टिकाराम भन्डारि

आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका हुन्। विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो।भन्ने कल्पना कमै गरिन्छ। तर नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक तुल पुडासैनीका लागि ३५० रुपैयाँको एउटा बिल नै १० लाख रुपैयाँको बम्पर उपहार जित्ने आधार बनेको छ।

साउन महिनाको दोस्रो १६ दिनमा हरेक दिन एक–एक जनाका दरले छनोट भएका १६ जना र सबै सहभागीमध्येबाट बम्पर उपहारका लागि छनोट गरिएको एक जनासहित १७ जना उपभोक्ता पुरस्कारका लागि छनोट भएका थिए।तीमध्ये १० लाख रुपैयाँको बम्पर उपहार पुडासैनीको नाममा परेको हो।पुडासैनीले मोबाइलको कभर र सिसा फेर्दा गरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारका लागि छनोट भएको थियो।

पुडासैनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण, हेटौंडामा कार्यरत छन्। उनको घर बाराको सिमरा हो।उनका अनुसार मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेपछि उनी गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेका थिए। त्यहीँ गरिएको ३५० रुपैयाँको कारोबारबाट आफूले १० लाख रुपैयाँको उपहार जितेको जानकारी पाएपछि उनी निकै खुसी भएका छन्।त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ। एकदमै खुसी लाग्यो। सबैतिरबाट बधाइ आइरहेको छ,’ पुडासैनीले बताए।उनले आफूले पाएको अनुभव सुनाउँदै सबैलाई कारोबार गर्दा बिल लिन र दिन आग्रह गरेका छन्। साथै, सकेसम्म अनलाइनमार्फत कारोबार गर्न पनि उनले अनुरोध गरेका छन्।