रसुवामा बाढीपहिरोबाट प्राप्त शवको व्यवस्थापन
चितवन रसुवामा आएको बाढीपहिरोका क्रममा फेला परेका शवको व्यवस्थापन गरिएको विवरण सार्वजनिक भएको छ। उपलब्ध विवरणअनुसार बाढीपहिरोपछि कुल २५९ शव फेला परेको उल्लेख छ।
फेला परेका शवमध्ये ६० महिला, १०७ पुरुष, ६ बालक, ४ बालिका र ८२ जना अन्य रहेको विवरणमा उल्लेख गरिएको छ। तीमध्ये ९६ शव व्यवस्थापन गरिएको जनाइएको छ। व्यवस्थापन गरिएका शवमा ३५ महिला, ५९ पुरुष र २ जना अन्य रहेका छन्।
त्यस्तै, सनाखत भई बुझी लगिएका शव ९ वटा रहेका छन्। तीमध्ये ८ पुरुष र १ बालिका रहेको विवरणमा उल्लेख छ।
बाढीपहिरोपछि फेला परेका शवको पहिचान, सनाखत तथा परिवारलाई बुझाउने प्रक्रिया संवेदनशील ढङ्गले अघि बढाइएको छ। अझै सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाइएको छ। प्रस्तुत विवरणमा केही शीर्षकको संख्या र कुल योगमा असमानता देखिएकाले अन्तिम आधिकारिक तथ्यांक सम्बन्धित सुरक्षा निकायबाट पुष्टि गरि कार्य गरिने जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।

