सीजी कर्पसँगै आतिथ्य समूहहरूले लगानी नेपाली व्यवसायको क्षेत्रीय बजारमा बढ्दो उपस्थिति
व्यावसायिक रियल इस्टेट, आतिथ्य, स्वास्थ्य, शिक्षा र चिया पर्यटनलगायत क्षेत्रमा विस्तार गरिनेछ। सीजी कर्पले उत्तर बंगालमा म्यारियटसँगको सहकार्यमा दुईवटा होटल निर्माण गरिरहेको तथा दार्जिलिङमा चिया पर्यटनसँग जोडिएको होटलको सम्भावना पनि अध्ययन गरिरहेको जनाएको छ।भारतमा नेपाली लगानीको ठूलो विस्तार, सीजी कर्पले बंगालमा २ हजार करोड भारु लगानी नेपाली समूह सीजी कर्प ग्लोबलले भारतको पश्चिम बंगालमा करिब २ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरेको छ। समूहका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत वरुण चौधरीका अनुसार विशेषगरी उत्तर बंगाललाई लगानीको मुख्य क्षेत्र बनाइनेछ।
वरुण चौधरीले उत्तर बंगालमा ठूलो सम्भावना रहेको बताउँदै सीजी कर्पको भारतमा व्यवसाय विस्तारलाई थप अघि बढाउने संकेत गरेका छन्। सीजी कर्प ग्लोबल नेपालबाट सञ्चालन हुने बहुराष्ट्रिय समूह हो र भारतसहित विभिन्न देशमा यसको व्यवसाय विस्तार भइसकेको छ।पश्चिम बंगालमा सीजी कर्पसँगै अन्य ठूला आतिथ्य समूहहरूले पनि लगानी विस्तार गरिरहेका छन्। यसले नेपाली व्यवसायको क्षेत्रीय बजारमा बढ्दो उपस्थितिलाई थप देखाएको छ।
