शवसमेत देख्न नपाई अन्तिम संस्कार गर्नुपर्दा परिवार शोकमा
टिकाराम भन्डारि
लामो समय बितिसक्दा पनि न शव भेटियो, न कुनै सम्पर्क भयो। त्यसपछि धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कर्णाली नदी किनारको सनकठ्टी घाटमा कुशबाट दाहसंस्कार गरिएको हो।भोटेकोसीमा आएको बाढीपछि बेपत्ता भएका टीकापुर नगरपालिका–१ समितिपुरका ३५ वर्षीय वीरबहादुर चौधरीको लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले कुशको प्रतीक बनाएर अन्त्येष्टि गरेको छ।भोटेकोसीमा आएको बाढीपछि बेपत्ता भएका टीकापुर नगरपालिका–१ समितिपुरका ३५ वर्षीय वीरबहादुर चौधरीको लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले कुशको प्रतीक बनाएर अन्त्येष्टि गरेको छ।
अन्त्येष्टिमा वीरबहादुरका छोरी सिमरन चौधरी र शीतल चौधरीले दागबत्ती दिएका थिए। शवसमेत देख्न नपाई अन्तिम संस्कार गर्नुपर्दा परिवार शोकमा डुबेको छ।छोरी सिमरनले आँसु झार्दै भनिन्, “हामीलाई बुवा आउनुहुन्छ भन्ने लागेको थियो, तर आउनुभएन।”
