समाचार

उपयुक्त घर वा जग्गा खोज्न पार्टी सदस्य तथा शुभेच्छुकको सहयोग माग

Spread the love

जगदीश खरेलका अनुसार कार्यालय स्थानान्तरणको आवश्यकता महसुस भएपछि बैठकले यस्तो निर्णय लिएको हो। खरिद गरिने स्थान भने तय भएको छैन।वनस्थलीमा रहेको केन्द्रीय कार्यालय अन्यत्र लैजान रास्वपाले घरजग्गाको खोजी अघि बढाउने भएको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले काठमाडौं उपत्यकाभित्र खरिदका लागि उपयुक्त घर वा जग्गा खोज्न पार्टी सदस्य तथा शुभेच्छुकको सहयोग मागेको हो।

हालको कार्यालय भवन पार्टीले भरतमणि देवकोटासँग भाडामा लिएको छ। देवकोटाले करिब एक वर्षअघि तीन महिनाको समय दिँदै घर खाली गरिदिन भनेका थिए।