चितवनमा २२९ पहिचान नभएका शव व्यवस्थापन

Spread the love


रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चितवनको त्रिशूली तथा नारायणी नदी किनारमा संकलन गरिएका २३३ शवमध्ये ४ जनाको मात्र पहिचान खुलेको र २२९ शव तथा शवका अवशेष पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।


पहिचान हुन नसकेका शवहरू लामो समय राख्दा सडेर संक्रमण तथा महामारीको जोखिम बढ्न सक्ने भएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार डीएनए नमुना संकलन गरी संकेत नम्बरमा अभिलेख राखेर २२९ शवलाई भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि सम्मानपूर्वक व्यवस्थापन गर्ने निर्णय गरिएको