आज गाईजात्रा पर्व मनाइँदै

Spread the love


टिकाराम भन्डारि

नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा आज देशका विभिन्न स्थानमा परम्परागत रूपमा मनाइँदैछ। आज भदौ कृष्ण प्रतिपदा अर्थात् २०८३ भदौ १३ गते गाईजात्रा परेको हो। विशेषगरी काठमाडौं उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर टोल तथा नगर परिक्रमा गराउने चलन छ। धार्मिक विश्वासअनुसार यसरी गाईको प्रतीकसहित नगर परिक्रमा गराउँदा दिवङ्गत आत्माले वैतरणी पार गर्न सहयोग पुग्ने मान्यता रहेको छ।
तस्बिरमा गाईजात्राका अवसरमा युवायुवती तथा स्थानीयवासीहरू परम्परागत बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित सडकमा सहभागी भएको रमाइलो दृश्य देखिन्छ। विभिन्न समूहले गीत, नाच तथा बाजागाजासहित गाईजात्रा मनाएका छन्।
गाईजात्रा दुःखलाई सम्झनासँगै सामाजिक विकृति र विसंगतिमाथि व्यङ्ग्य गर्ने अवसरका रूपमा समेत स्थापित हुँदै आएको छ।