फ्रान्सलाई ६–४ ले पराजित गर्दै इंग्ल्यान्डले प्रतियोगिता विजयी

Spread the love

इंग्ल्यान्डले खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो। तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै खाता खोलेका थिए। इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ। गोलको वर्षा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई ६–४ ले पराजित गर्दै इंग्ल्यान्डले प्रतियोगिता विजयी अन्त्य गरेको हो।

त्यसपछि १८औँ मिनेटमा एज्री कोन्सा तथा ३७औँ र पहिलो हाफको इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई बलियो अवस्थामा पुर्‍याए।दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो। ४८औँ र ६६औँ मिनेटमा किलियन एम्बाप्पे तथा ५४औँ मिनेटमा ब्राड्ली बार्कोलाले गोल गर्दै फ्रान्सलाई ४–३ को नजिक पुर्‍याए।

तर ८७औँ मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गर्दै इंग्ल्यान्डलाई ५–३ को अग्रता दिलाए। इन्जुरी समयमा ओस्मान डेम्बेलेले गोल गर्दै अन्तर घटाए पनि खेल सकिनै लाग्दा जुड बेलिङहमले अर्को गोल थपेपछि इंग्ल्यान्डले ६–४ को शानदार जित निकाल्यो।१० गोल भएको यो खेल विश्वकप इतिहासमा तेस्रो स्थानका लागि भएको खेलमध्ये सर्वाधिक गोल भएको खेलका रूपमा पनि दर्ज भएको छ।

यसै खेलमा दुई गोल गरेका किलियन एम्बाप्पेले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान कायम गरे। उनले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याउँदै अर्जेन्टिनाका लियोनेल मेसीलाई पछि पारे।एम्बाप्पे जारी विश्वकपको गोल्डेन बुट दौडमा पनि १० गोलसहित शीर्ष स्थानमा छन्। मेसी ८ गोलसहित दोस्रो स्थानमा रहेका छन्। सोमबार मध्यरात १२:४५ बजे हुने फाइनलमा स्पेनविरुद्धको खेलमा मेसीसँग एम्बाप्पेको कीर्तिमान बराबरी वा उछिन्ने अन्तिम अवसर रहनेछ।