श्रमदान गरेर विकास निर्माणमा परिणाममुखी बनाउन सकिने-हर्क साम्पाङ
श्रम संस्कृतिलाई विकासको मुख्य आधार बनाउँदै “देशैभरि श्रम संस्कृति पार्टीले चुनाव जित्यो भने, १० लाखको बजेटले १५ लाखको काम गर्छौँ” भन्ने धारणा व्यक्त गरेका हुन्।हर्क साम्पाङले आफ्नो पार्टीले देशभर चुनाव जिते कम बजेटमा पनि बढी विकास गर्न सकिने दाबी गरेका छन्।
साम्पाङले जनसहभागिता, श्रमदान र पारदर्शी कार्यशैलीमार्फत सीमित स्रोतको प्रभावकारी उपयोग गरेर विकास निर्माणका कामलाई थप परिणाममुखी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।
