सडक दुर्घटनामा परी रमेश पाण्डेको उपचारकाे क्रममा मृत्यु
मनकामना अस्पताल प्रा. लि.का सूचना अधिकारी रमेश पाण्डेको भरतपुर एयरपोर्ट नजिकै भएको सडक दुर्घटनामा निधन भएको छ। तीव्र गतिमा हुइँकिएर आएको बोलेरो जिपको ठक्करबाट उहाँको निधन भएको हो।

लु.प्र.०१-००१च ३४८९ नं.को बलेरोले ना३६ प ९४४२ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर १२ का ४० वर्षीय रमेश पाण्डे मृत्यु भएका छन् । बलेरो र चाकल कपिलबस्तु जयनगर २ बस्ने बर्ष २६ को सागर सुनार चितवन प्रहरीको नियन्त्रणमा रहेका छ ।
