विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किने तयारी गर्नआग्रह नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण हाेला त?

Spread the love

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किने तयारी गर्न आग्रह गरेका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित नृसिंहधाममा आयोजित पुरुषोत्तम महोत्सवमा बोल्दै उनले नेपाल अब समृद्ध र बस्न योग्य देश बन्ने दाबी गरे।सभामुख अर्यालले देशमा सुशासन कायम हुने, भ्रष्टाचार अन्त्य हुने र नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण हुने बताए।

‘तमाम दिदीबहिनी तथा दाजुभाइहरू, नेपाल फर्किने तयारी गर्नुस्। यो देश बन्छ, समृद्ध हुन्छ र नेपालीलाई बस्न लायक देश बन्छ,’ उनले भने।उनले नेपाली समाजले चाहेअनुसारको कानुन निर्माणका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे। साथै संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ थियो।